दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

ByLumbini Darpan Online

१२ बैशाख २०७७, शुक्रबार १०:१८ १२ बैशाख २०७७, शुक्रबार १०:१८ १२ बैशाख २०७७, शुक्रबार १०:१८

लुदअ बैशाख १२, काठमाण्डौ
दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नेछिन् ।

दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो । आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *