लकडाउनबारे निर्णय भएन, अर्को बैठकमा छलफल हुने

लुदअ १२ वैशाख, काठमाडौं
कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार वैशाख १५ गते सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको एक मन्त्रीले बताए ।

कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको ती मन्त्रीले बताए ।

सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको छ ।

लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग पनि हुँदै आइरहेको छ ।

यसैबीच, उदयपुर र भोजपुरमा समुदायस्तरमा कोरोना देखिएका कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने विचारहरू पनि आइरहेका छन् ।

सरकारले यसबारे कस्तो नीति लिन्छ, आइतबारसम्म कुर्नुपर्ने भएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *