कांग्रेसले २५ गतेका लागि किन बोलायो संसदीय दलको बैठक ?

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बैशाख २३, काठमाण्डौ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गतेका लागि पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से कक्षमा २५ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदो बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदो बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । त्यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने पार्टी सचेतक भुसालले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

 


प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १४:२९