ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेको साख गिराएर ध्वस्त पार्न खोज्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

लुम्बिनी दर्पण २०७८ असार १८, शुक्रबार १२:३९
[sharethis-inline-buttons]

लुदअ असार १८, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताउनुभएको छ । शुक्रवार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले देशलाई अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यताको उल्लङ्घन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुशासन उल्लङ्घन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरूले अहिले पनि आन्दोलनको सङ्गठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लङ्घन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने प्रवृत्ति बढेका छन् । र देशलाई एउटा अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यता, मर्यादाको उल्लङ्घन गर्ने, छाडा, स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको छ । अहिले राजनीतिक मुद्दा आफ्नो ठाउँमा छन्, राजनीतिक थलोबाट मुद्दालाई अदालततिर पठाइएको छ । नागरिकमा जान नदिने प्रयास भइरहेका छन् । ती प्रयास सँगसँगै अदालतलाई दबाब दिनका लागि र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्नका लागि त्यसलाई कमजोर पार्न, त्यसलाई छिन्न–भिन्न पार्न अनेक प्रयास भएका छन् ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई नागरिकको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताउनुभयो । उहाँले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लङ्घन गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको साख नागरिकको बीचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लङ्घन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने खालका काम पनि भइरहेका छन् ।’

उहाँले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गालीगलौज, अपमान र झुटा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको बताउनुभयो ।

यसैबीच केन्द्रीय कमिटीको बैठक भोलि दिउँसो बज्ने गरी स्थगित भएको छ ।


प्रकाशित : २०७८ असार १८, शुक्रबार १२:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech