दाङमा बाघको छालासहित दुई जना पक्राउ

ByLumbini Darpan Online

६ श्रावण २०७८, बुधबार ११:१९ ६ श्रावण २०७८, बुधबार ११:१९ ६ श्रावण २०७८, बुधबार ११:१९

साउन ६

दाङको घोराही गोग्लीबाट प्रहरीले चितुवको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *