लन्डन । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग शिष्टाचार भेट गरेका छन्।
बेलायती सेनाको मुख्यालयमा भएको भेटमा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानसेनापति सिग्देलको बेलायत भ्रमणका क्रममा नेपाली र बेलायती सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइएको छ।




















