ताजा अपडेट

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दशैँ पर्वमा पुरानो संस्कृति लोप हुँदै

लुम्बिनी दर्पण २०७८ आश्विन २६, मंगलवार १४:२०
[sharethis-inline-buttons]

रामपुर आश्विन,२६

दशैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दशैँको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहँुदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् ।

गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ । यद्यपि चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन ।

झण्डै दुई दशकअघि गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको रामपुरका मित्रलाल ढकाल बताउछन । उनी भन्छन, “खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन”, उनले थपे, “काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।” चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उनी बताउँछन ।

दिलबहादुर थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकामा गुनासो गर्छन। चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो । पिङ राख्न थालेपछि दशैँकाे माहोल सुरु हुन्थ्यो । चर्खे पिङ नराखेसम्म गाउँघरमा चाडपर्वको रौनक नै नहुने गरेको सरस्वती सोमै बताउछन।

“गाउँघरमा पिङ राखेपछि बल्ल दशैँ लाग्यो भन्ने आभाष हुन्थ्यो, दशैँका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेकामा चिन्ता लागेको छ”, उनले भने। कतिपय स्थानमा भने काठका अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ ।

हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए । पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढा–टाढाबाट दशैँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गथ्र्यो, तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने त्यति रौनक छैन ।

युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैँ पर्वले ढपक्कै छोए पनि पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा गत वर्ष र यस वर्ष पनि स्थानीयवासीको सहभागिता देखिँदैन । आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन् । साना–साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घरघरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय पाल्पामा कमै छ ।

गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् ।

दशैँपर्व भनेपछि पिङ खेल्ने, घर लिपपोत गर्ने, रातो टीका, पहेँलो जमरा लगाउने, राम्रा–राम्रा पहिरन लगाउने, मीठो–मसिनो खाने, आफन्त साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने कुरालाई जनाउँछ । घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो माटोको तुलनामा बजारमा आएका विभिन्न रङरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ ।

बजारमा तयारी अवस्थामा आएका विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम छ । गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महङ्गा मूल्यका वस्तु खरिद गरी घर सिङ्गारपटार गरेर घर सजाउने गरिन्छ । कृत्रिम वस्तुको प्रयोग बढ्दै जाँदा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएका छन् ;|f]t रासस


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १४:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

भर्खरै

  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

  • ३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

  • एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

  • देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

  • अधुरो सपनाको यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech