आज ५७४ जनामा संक्रमण पुष्टि हुदाँ,९३२ निको ,११ को मृत्यु

ByLumbini Darpan Online

५ कार्तिक २०७८, शुक्रबार १६:५२ ५ कार्तिक २०७८, शुक्रबार १६:५२ ५ कार्तिक २०७८, शुक्रबार १६:५२

काठमाडौँ, कार्तिक ५

२४ घण्टामा ७ हजार २५३ पीसीआर परीक्षणमा थप ५७४ जनामा संक्रमण पुष्टि हुदाँ ९३२ जना निको भएका छन । एन्टिजेन विधिद्वारा गरिएको २ हजार १२३ परीक्षणबाट १३४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ३७६ परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ,पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

हालसम्म देशभर ४३ लाख ५७ हजार ४७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ११ हजार ३३७ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *