प्रधानमन्त्रीले पदअनुसारको सम्मान पाउने काम गर्न सक्नुभएन : राष्ट्रिय सभा सदस्य यादव

[sharethis-inline-buttons]

लुदअ पुस २३, काठमाण्डौ
जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पदीय आचरणभन्दा विपरीत काम गरेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले प्रधानमन्त्री ओलीले आफ्नो पदअनुसारको सम्मान पाउने काम गर्न नसकेको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्रीलाई सम्माननीय भन्ने कि असम्माननीय भन्ने आफू द्विविधामा परेको यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, अझ सम्माननीय प्रधानमन्त्री भन्दा पनि सम्माननीय भनौं की नभनौं रु काम चाहिँ अर्कै–अर्कै किसिमको गर्ने, सम्मान पाउने खालको काम नगर्ने, सम्माननीय प्रधानमन्त्री भनौँ की असम्माननीय प्रधानमन्त्री भनौँ रु बडा द्विविधामा छु ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरङ्कुश र कायरतापूर्ण भएको पनि सांसद यादवको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटनको घोर भर्त्सना म र मेरो दलले गर्दछ ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको अन्तरिक विवादलाई देखाएर जननिर्वाचित संस्थालाई नै विघटन गर्ने कदम ठिक नभएको उहाँले बताउनुभयो । सांसद यादवले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई श्रीमती र बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गर्नुभयो ।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १४:२०