काग्रेस नेता स्व. पोख्रेल प्रति पार्टी केन्द्रिय कार्यालयद्धारा शोक बक्तव्य जारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, पुस २३
पौष १४ गते स्वर्गारोहण हुनुभएका नेपाली कांग्रेसका अग्रज तथा सामाजिक ब्याक्तित्व हिमनाथ पोखेल प्रती नेपाली कांग्रेस केन्द्रिय कार्यालयले एक शोक बक्तब्य जारी गरेको छ।

राजनितिक बिस्लेसक प्रकाश पोख्रेलका पिताको नवौं पुण्ययतिथिको अवसरमा जारी गरिएको शोक बक्तब्यमा भनिएको छ ।
नेपाली कांग्रेसका पुराना अग्रज ब्यक्तित्व ८९ बर्षीय हिमनाथ पोख्रेल को पौष १४ गते निधन भयो। साबिक गुल्मी नयाँ गाउँ (१ हाल बाणगङ्गा(४, कपिलवस्तु निवासि स्वर्गीय पोख्रेल २००७ सालको राणा बिरोधी आन्दोलन , २०१५ साल को आम निर्वाचन प्रचार अभियानमा , २०३६ को जनमत संग्रह र, २०४६ साल को ऐतिहासिक जन आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो। स्वर्गीय पोख्रेल सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो। बक्तब्यमा अगाडि भनिएको छ ।

उहाँको निधन प्रति नेपाली कांग्रेस गहिरो दुस्ख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली कांग्रेस गुल्मिका क्षेत्रीय प्रतिनिधि प्रकाश पोख्रेल लगायत सबै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस समबेदना प्रकट गर्दछ, बक्तव्यमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १५:०९