ताजा अपडेट

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल उपमहानगरपालिकाल भवन निर्माण सम्बन्धी ल्यायो नयाँ मापदण्ड

लुम्बिनी दर्पण २०७७ चैत्र ११, बुधबार १०:०२
[sharethis-inline-buttons]

बुटवल २०७७ चैत्र ११
बुटवल उपमहानगरपालिकाले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणलाई लक्षित गर्दै भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ । ल्याएको नयाँ मापदण्ड अनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड तय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ लाई खारेज गर्दै उपमहानगरका–१९ वटै वडामा लागु हुने गरि नयाँ मापदण्ड तय भएको र चालु आवदेखि नै लागु हुने गरि राजपत्रमा प्रकासित गरि सकिएकोउनले जानकारी दिए ।

अग्ला भवन निर्माणका लागि भने प्राविधिक अध्ययन भएका क्षेत्रलाई मात्रै तोकिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड, २०७७ बनाएको छ । बुटवलमा हाल बढिमा १० तलामा भवन निर्माण भएका छन् । अब नयाँ मापदण्ड अनुसार यो भन्दा पनि अग्ला भवन निर्माण गर्न सकिने छ । बुटवल उपमहानगरले बनाएको कानुन तथा भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड अनुसार अब कम्तिमा १६ तलासम्मका भवन निर्माण गर्न सकिने छ । ठूला भवन निर्माणका लागि उपमहानगरले यहाँका सबै वडाका सम्भावित क्षेत्रको भौगर्भिक अध्ययन समेत गराएको थियो । सोही अध्ययनका आधारमा अग्ला र व्यवस्थित भवन निर्माण गर्न सकिने क्षेत्रसमेत तोकिएको छ ।

शहरीकरण प्रक्रियालाई नियमन गरी स्वस्च्छ, स्वस्थ, दिगो तथा सबैलाई बस्न समेत उपयुक्त शहरी वातावरण निर्माणको लागि साथै भू उपयोग क्रियाकलापलाई सुव्यवस्थित ढंगले उपयोग गर्न, व्यवस्थित शहर, भूकम्पीय क्षतिको न्यूनीकरण, शहरी वातावरणको संरक्षण तथा सम्बद्र्धन, जनस्वास्थ्य तथा सरसफाईलाई ध्यान दिंदै नयाँ व्यवस्थित बस्ती बसाउने उद्देश्यले नयाँ मापदण्ड बनाइएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ । बहुतलाका भवन निर्माण गर्र्नु पूर्व अनिवार्य रुपमा सहरी विकास मन्त्रालयले जारी गरेको माटो परीक्षण निर्देशिका अनुसार माटो परीक्षण गर्नुपर्ने देखि भवनसंहीता पूर्ण पालना भएको हुनुपर्नेछ। खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरेका क्षेत्रमा भवन निर्माण गर्न नपाइने विषयलाई उपमहानगरले पनि कडाईका साथ पालना गर्न निर्देशन दिएको वातावरणका विषयमा विज्ञसमेत रहेका उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
बहुतले भवनको मापदण्डको प्रयोजन पुनर्निर्माण, नयाँ निर्माण, थप निर्माण र मर्मत सुधारको कार्यहरुको सम्बन्धमा समेत नयाँ मापदण्ड लागू हुनेछ । यो मापदण्ड एउटै प्लट जग्गामा निर्माण हुने धेरै भवनहरु उपर पनि लागू हुनेछ । नयाँ मापदण्डले नसमेटिएका कुराको हकमा सम्बन्धित प्राविधिक समिति ९वाधा अड्काउ फुकाउ समिति० को सिफारिसमा प्रचलित राष्ट्रिय मापदण्ड र संहिता अनुसार गर्न सकिनेछ । तर यसको लागि उपमहानगरपालिका बोर्डको समेत सहमति हुनुपर्ने प्रवक्ता रेग्मीको भनाइ छ ।

पाँच तल्ला १७ मिटरदेखि १६ ५० मिटर० तल्ला सम्मका सबै अग्ला भवनहरूको लागि लिफ्टलाई अनिवार्य लागु गरिएको छ । नौ तल्ला देखि १६ तल्ला सम्मका सबै अग्ला भवनहरूमा कम्तीमा पनि दुई लिफ्टको प्रावधान राखिएको उपमहानगरका शहरी विकास योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए। नयाँ मापण्ड अनुसार अपार्टमेन्ट तथा संयुक्त आवासका भवन तथा सपिङ्ग कम्प्लेक्स, व्यापारिक मल, डिपार्टमेन्ट स्टोर आदि ठूला भवन निर्माण हुनसक्ने इन्जिनियर श्रेष्ठको भनाइ छ । राष्ट्रिय भवन संहितामा उल्लेख गरिए अनुसारका आपतकालिन संरचना निर्माण गर्नुपर्ने छ । आगलागी वा अन्य आकस्मिक अवस्था आइपरेमा भवन भित्रका व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर ल्याउन मिल्ने गरी प्रत्येक भवनमा निकासको व्यवस्था गर्नुपर्नेछ ।
भूकम्पीय सुरक्षा सम्बन्धी व्यवस्था निर्माण हुने हाइ राइज भवनहरुमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई अनुगमन समेत गर्ने व्यवस्था मिलाइनु पर्नेछ । सो सम्बन्धमा त्रुटि देखिएमा डिजाइनर, निर्माणकर्ता र निर्माण व्यवसायी तीनै पक्ष जिम्मेवार हुनेछ । सो सम्बन्धमा राष्ट्रिय भवन संहिता तथा अन्य भवन संहितामा समेत आधारित भई उपमहानगरपालिकाले निर्देशिका बनाई जारी गर्न सक्नेछ । सो निर्देशिका जारी भएको मितिबाट सोमा तोकिएका प्रावधानहरु समेत पूरा हुने गरी निर्माणकार्य गर्नुपर्नेछ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आधारभूत तालिम लिई सुचिकृत भएको कालिगढ़ वा ठेकेदारले मात्र सुपरिवेक्षणको लागि नियक्तु भएको प्राविधिकको रोहवरमा भवन स्वामित्वकर्ता सँग द्विपक्षीय सम्झौता गरी भवन निर्माण गर्न पाउने व्यवस्था मिलाइएको उपमहनगरका प्रवक्ता तथा पूर्वाधार विकास समिति प्रमुख रामप्रसाद रेग्मीले
बताए।


प्रकाशित : २०७७ चैत्र ११, बुधबार १०:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
प्रतिक्रिया

यो पनि पढौँ

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech