नेकपा एमाले कपिलवस्तुद्धारा शोक सभा सम्पन्न

ByLumbini Darpan Online

१० बैशाख २०७८, शुक्रबार १६:१२ १० बैशाख २०७८, शुक्रबार १६:१२ १० बैशाख २०७८, शुक्रबार १६:१२

थानेश्वर अधिकारी,कपिलवस्तु ।

नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सदस्य शरद अधिकारीका पिता गणेश प्रसाद अधिकारीको निधनको ७ औ दिनमा आज शिवराज नगरपालिका –३, बलुहवाडाँडामा नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले शोकसभा सम्पन्न गरेको छ ।

शोक सभालाई सम्बोधन गर्दै स्वर्गीय गणेश प्रसाद अधिकारीको निधनले पार्टीलाई ठुलो चोट पुगेको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताएका छन् । स्वर्गिय अधिकारीले गरेका असल कामहरुको चर्चा गर्दे सो कामको अनुशरण गर्नुपर्ने बताएका छन् ।

शोक सभामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सांसद अर्जुन के.सी.ले अधिकारीलाई गुमाउदा एक असल अभिभावक गुमाएको बताउदै मृत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तब्ध परिवारजनमा प्रति गहिरो समवेदना प्रकट गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले स्वर्गीय अधिकारी सबैका प्रेरणाका श्रोत भएकाले सोही अनुरुप सबैजना लाग्नु पर्ने बताएका छन् । सामाजिक तथा राजनैतिक क्षेत्रमा उहाँको क्रियाशिलता र सक्रियताले अहिलेको पिंढीलाई थप उर्जा थपेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडा नं.१ अध्यक्ष जगत जि.सी.ले स्वर्गीय गणेश प्रसाद अधिकारीको जिवनी बाचन गरेका थिए शोक सभामा पार्टी नेता, कार्यकर्ता, विभागहरु तथा जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष झविलाल पोख्रेलले अध्यक्षतामा सम्पन्न शोक सभाको संचालन शिवराज नगर अध्यक्ष जगत पौडेलले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *