एमाले जिल्ला अधिवेशन : दुई गैर भौगोलिक र ३९ भौगोलिक जिल्लामा नेतृत्व चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस २६, काठमाण्डौ
नेकपा एमालेको जारी जिल्ला अधवेशन अन्तर्गत ३९ वटा जिल्ला र दुई गैर भौगोलिक जिल्लामा नेतृत्व चयन भएको छ ।

शुक्रवार एकसाथ ६३ वटा जिल्लामा जिल्ला अधिवेशनको उद्घाटन गरेकोमा अहिलेसम्म दुई गैर भौगोलिकतर्फ मजदुर विशेष र पेसागत विशेष तथा गैर भौगोलिकतर्फ ३९ वटा जिल्लाको नेतृत्व चयन भएको नेकपा एमालेले जनाएको छ ।

बाँकी जिल्लामा नेतृत्व चयनको प्रक्रिया चलिरहेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । सिरहामा पनि हिजोदेखि जिल्ला अधिवेशन सुरु भएपछि जिल्ला अधिवेशन सुरु भएका जिल्ला ६४ वटा पुगेको छ ।

यस्तै आज अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले संखुवासभाको जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । एमाले प्रदेश अधिवेशन बाँकी रहेको छ ।


प्रकाशित : २०७८ पुष २६, सोमबार १४:४३