नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा गौतम सर्वसम्मत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा प्रकाश गौतम चयन हुनुभएको छ । संगठनको १० औँ अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा गौतम चयन हुनुभएको हो ।

त्यस्तै संगठनको खुला उपाध्यक्षमा जनकराज जोशि, अनिता क्षेत्री भट्राई, सचिवमा प्रकाश पोख्रेल, सह सचिवमा लाल बहादुर थापा, कोषाध्यक्षमा बिष्णु प्रसाद आचार्य चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।

त्यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिको रुपमा केशव राज भट्राई, कमला पौडेललाई चयन गरेको निर्वाचन मण्डल संयोजक संगठनका केन्द्रिय सदस्य खिम बहादुर जिसीले जानकारी दिनुभएको छ । संयोजक जिसीका अनुसार अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको छ भने ६ जना पछि मनोनित गरिने छ ।

अध्यक्ष भएसंगै गौतमले संघ प्रदेश र स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष गौतमले सम्पुर्ण निजामती कर्मचारीहरुको प्रशासनिक संघियता सफल पार्न आफ्नो अहम भूमिका रहने बताउनुभयो । गौतमले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै संगठनलाई बलियो र मजबुत बनाउने संकल्पका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७८ माघ २, आईतवार १७:२३