
हरि आचार्य, कपिलवस्तु
लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति झल्किने “बज्यो थुम्केरे” सार्वजनिक भएको छ । विशेष गरि यस गीत तथा भिडियोमा गाउँ समाजको यथार्थ चित्रण गरि शब्दहरुको प्रयोग गरिएको छ ।
गीतमा दर्जनौ एल्बममा मोडलिङ् गरिसक्नुभएका असिम क्षेत्री र मोडल सपना सुनारको नृत्य तथा अभिनय गर्नुभएको छ भने मधुसुधन पाण्डे र राजु कुमालको पनि अभिनय रहेको छ ।
आफुले मन पराएको मान्छेसंग अर्कैले बिहे गर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । उक्त भिडियोमा नृत्य गरेका असिम क्षेत्री बहुचर्चित एल्बम बजाउ माया थपडि, दमिनि, रुन नपरोस्, मन प–यो, रोधीघरमा भेटम्स, र्ट मुभि लगायतका थुप्रै एल्बमहरुमा अभिनय गरिसक्नुभएको छ । ।
शिवराज भुर्तेलको निर्देशन, सपना सापकोटाको सह निर्देशन, रेशम निर्दोश, किसान निर्दोश र शान्ता बर्देवाको स्वर रहेको उक्त भिडियो डिजिटल स्टार युटुयुव एकाउण्ट मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो सहित