ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीः नेतृत्व फेर्ने गरि कांग्रेसको आन्तरिक गृहकार्य सुरु, मान्दैनन् केसी

लुम्बिनी दर्पण २०७८ माघ ८, शनिबार १५:०९
[sharethis-inline-buttons]

लुदअ, बुटवल, ७ माघ
लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फर्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।

केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । कांग्रेस नेताहरूले अहिले आलोपालो सहमतिलाई कोट्याएर नेतृत्व परिवर्तनको गृहकार्य थालेका छन् ।

आलोपालो सहमतिअनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले बताए । “आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, सोहीअनुसार फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा हामी स्पष्ट छौं”, उनले भने ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी आठ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति छ । सहमतिअनुसार केसी नेतृत्वको सरकारको आयु अब एक महिना मात्र बाँकी छ ।

सहमति कार्यान्वयन भए फागुनपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर मुख्यमन्त्रीले भने सरकार फेरिंदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा नरहेको उनी निकट नेताहरु बताउँछन् ।“नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं”, मुख्यमन्त्री केसी निकट एक नेताले भने । यसका लागि मुख्यमन्त्री केसीले कांग्रेसलाई थप केही मन्त्री दिएर भए पनि मनाउने प्रयास गरिरहेका छन् ।

तर मुख्यमन्त्री केसी नेतृत्वको सरकारले गरेका धेरै निर्णयहरूमा कांग्रेसभित्र असन्तुष्टि रहेकाले सरकार फेर्नैपर्ने अडानमा कांग्रेस नेताहरू छन् । “मुख्यमन्त्री केसीले गरेका विवादास्पद नियुक्तिहरूमा हाम्रो गम्भीर असहमति छ, तसर्थ आलोपालो सहमतिअनुसार नेतृत्व फेर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं”, काँग्रेसका एक नेताले भने ।


प्रकाशित : २०७८ माघ ८, शनिबार १५:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech