काठमाडौं ।
विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।
१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्ने छ ।
‘तत्काललाई ९ सदस्यीय विभाग गठन गरिने छ । पछि ३५ सदस्यीय बनाउने निर्णय भएको छ’ पार्वत गुरुङ ।



















