लुदअ १५ फागुन, काठमाडौं
सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैंले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताएका छन् ।
नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताए । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे ।
उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए ।



















