चैत्र ६
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा २ मा आज जनता संग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । लुम्विनी मिडिया हवको आयोजना तिलोत्तमा वडा न २ को सहकार्य र देवदह टेलिभिजनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा तिलोत्तमा २ का वडा अध्यक्ष ददिराम गौतमले ५ बर्षको अवधिमा जन प्रतिनिधिले जनताका लागी काम गरेको बताउनु भयो । उहाले आफुहरुले चुनावको बेला गरेका प्रतिबद्धता करिव पुरा गरेको दाबि गर्नु भयो । वडा अध्यक्ष गौतमले आफुहरु स्थानिय तहको पहिले जनप्रतिनिधि भएकोले केही अलमल भएपनी जनताले दिएका कामलाई सम्पन्न गरेको बताउनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मण नेपाली वडा सदस्य नेत्र कुमारी शर्मा , रुपा बिक, खेमराज पाठक , र स्यामलाल खत्रिले आफुहरु दिनरात नभनि जनताका काममा केन्द्रित रहेको दाबि गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष भुवन आर्चाय वडाको बिकाशका लागी प्रतिनिधिहरुले काम गरेको बताउनु भयो । नेपाली कागे्रसका वडा सभापति पुर्ण ब क्षेत्री र जनमुत्ती पार्टिका वडा अध्यक्ष दल बहादुर शारुले बिकाशमा केही कमी कमजोरी रहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा वडा भित्रका बिभिन्न सघं सस्थाका प्रतिनिधि तथा वडा बासीले जनप्रतिनिधिलाई जिज्ञासा राख्नु भएको थियो । कार्यक्रम लुम्विनी मिडिया हवका कार्यालय प्रमुख प्रकाश गौतमले गर्नु भएको थियो ।



















