स्वतन्त्र नागरिक समूह नेपालले रुपन्देहकिो मणिग्राममा नेपालको राष्ट्रियता राष्ट्रिय स्वाधिनता तथा सवाभिमानमा एमसीसी परियोजनाको प्रभाव विषयक अन्तरक्यिा गरेको छ । अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै आएको सवतन्त्र नागरिक समूह नेपालको आयोजनमा नागरिक अगुवा , राजनीतिक दल, कानुन व्यवसायीक विभिन्न संघसंस्थाका प्रतिनिधि , सञ्चारकर्मीहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो । सोही कार्यक्रममा बोल्ने नागरिक अगुवा र राजनीतिक दलका नेताहरुले एमसीसी परियोजना नेपाल र नेपालीको हित बिपरित भएको बताएका छन् । बहुसंंख्यक नेपाली जनता एमसीसीको विपक्षमा भएकाले संसदबाट पास भएपनि कार्यान्वयन गर्न नदिने र जनताको बलबाट खारेज गराईने उनीहरुको भनाइ छ । एमसीसी अनुदान नभएर लगानी भएको एमसीसीका प्रतिनिधिहरुले स्पष्ट पारेकाले केही दल र केही नेताको सत्ता स्वार्थका कारण संसदबाट पास गरिएको एमसीसी नेपालको लागि घातक भएको बताए ।
कार्यक्रममा बोल्दै पूर्व जर्नेल डाक्टर प्रेमसिंह बस्न्यातले एमसीसी नेपालको लागि घातक छ र भविष्यमा घातक सिद्ध हुने बताए । एमसीसी परियोजनाका प्रतिनिसधिहरुले अनुदान हैन लगानी हो भन्दाभन्दै हाम्रा केही नेताहरुले पैसा खाएर एमसीसी संसदबाट पास गराएको आरोप दावी गरे । विकासका लागि विदेशी सहयोग ल्याउनु पर्छ तर विकासकै नाममा देशलाई बन्दक राखेर विदेशी लगानी भित्राएर त्यसलाई संसदबाट पास गर्नु ऐतिहासिक गल्ती भएको उनको भनाइ छ । उनले ओली, प्रचण्ड र बाबुराम सत्ता जोगाउनका लागि गरेको गल्तीले आमनेपालीलाई धोक्का भएको उल्लेख गर्दै उनले भने –तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र ओलीले अंग्रेजी भाषा नबुझेर एमसीसीमा हस्ताक्षर गरेर देश र जनताका लागि घात भयो ।



















