लुदअ, कपिलवस्तु
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बाणगंगा नगर कमिटिको अध्यक्षमा खुम राना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा भएको प्रथम बाणगङ्गा अधिवेशन तथा भेला बाट खुम रानाको नेतृत्वमा ६ सदस्य पछि मनोनित गर्ने गरि ३७ सदस्यीय समिति गठन भएको छ । महासंघका जिल्ला ईन्चार्ज श्याम सुवेदीको संयोजकत्वको अध्यक्ष मण्डलले नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा महिला तर्फ स्मृति सुनार र पुरुष तर्फ पदम बेल्वासे, सचिवमा सुरज पोख्रेल, सह–सचिवमा मनोहर चौधरी, डोल बहादुर सुनार र कोषाध्यक्षमा सुरज सेन ठकुरी निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण टिमलाइ नेपाल खेलकुद महासंका केन्द्रिय कमिटी सदस्य तेजेन्द्र पाण्डेले सपथ ग्रहण गराएका थिए ।
नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले खेलाडीको बिकास सङ्गै नजिकिदै गरेको स्थानिय चुनाबमा एमालेका उमेदवार लाइ बिजय गराउन यस सङ्गठनमा आबद्ध सम्पुर्ण ब्याक्ति दत्तचित्त भएर लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले खेलकुद बाट नयाँ जोस, जाँगर र उत्साह थप्ने भएकोले पनि खेल जुनसुकै उमेर समुहका ब्याक्तिलाइ आबश्यक रहेको बताए ।
खेलकुदका विभिन्न क्षेत्र संस्थागत हुन नसकेकोले अब सम्पुर्ण खेल क्षेत्रलाइ संस्थागत गर्ने जिम्मा नेकपा एमालेमा आएकोले एमालेका सम्पुर्ण नेता तथा कार्यकर्ता लाइ प्रभावकारि ढ्ङ्गबाट खेललाइ अघि बढाउन अनुरोध समेत गरे । साथै उनले पहुँच को आधारमा खेलाडीलाइ प्राथमिकता दिने अहिलेको चलनलाई अब यस सङ्गठनले पुर्ण रुपमा हटाई योग्यता र क्षमताको आधारमा खेलाडीलाई प्राथमिकता दिने पनि बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण देबकोटाले खेलको रिङभित्र राजनिति गर्नु निकै घातक तर खेल क्षेत्रमा गरिएको राजनितिले खोल क्षेत्रलाइ अघि बढाउन सहयोग गर्ने भएकाले खेल क्षेत्रमा गरिने राजनिति गलत नभएको बताउए । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका देबकोटाले खेलकुद र खेलाडीको भबिष्य हेर्ने भनेको एमाले नै रहेकोले सम्पुर्ण खेलाडीलाइ एमाले निकट सङ्गठनमा जोडिन समेत अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल खेलकुद महासंघ कपिलवस्तुका अध्यक्ष सुशिल कुवंरले प्रदेश अध्यक्ष लाइ बोलाएर अधिवेशन गर्ने पहिलो जिल्लानै कपिलवस्तु रहेको दाबी गरे । कपिलवस्तु जिल्ला खेलकुद क्षेत्रमा निकै अब्बल रहेको बताउँदै अझै प्रभावकारी ढङ्ग बाट अघि बढाउन लागी पर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । साथै नजिकिदै गरेको स्थानिय चुनाबमा खेलकुद क्षेत्रबाट १० प्रतिशात भोट ल्याइ एमालेका उमेदवार लाइ बिजय गराउन अनुरोध समेत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै पार्टि सचिवालय सदस्य चेतना अधिकारिले हाम्रो समाजमा खेलकुदलाई महत्तव नदिने भएकाले अबका पुस्ताले खेलकुदमा लगानि गरेर खेलकुद क्षेत्रलाइ उचाइमा लैजानुपर्नेमा जोड दिएकी छन् ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं. २ का सह संयोजक विश्व कार्की, पार्टी जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष कमल क्षेत्री, जिल्ला कमिटि सदस्य उमानाथ पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
कपिलवस्तु उद्योग बाणिज्य संघ को सभाहला सम्पन्न भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ कपिलवस्तु जिल्ला उपाध्यक्ष सबिना आचार्यको स्वागत मन्तव्य तथा बिबेक शर्माको संचालनमा सम्पन्न भएको थियो ।




















