लुदअ, कपिलवस्तु
नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ ।
नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ । जसमा वडा नं १ बाट सञ्जुकुमार सारु, वडा नं २ मा रत्न बहादुर कार्की, वडा नं ५ मा दुनिका भुसाल, वडा नं ७ मा कुमार खड्का, वडा नं ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं १० मा रामनक्षत्र चौधरी र वडा नं ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको क्षेत्रीय सभपति दुर्गा केसी ले जानकारी दिनुभयो ।
त्यस्तै क्षेत्रीय सभापति के.सी. ले नगर प्रमुख र उप–प्रमुख सहित अन्य वडामा आज राती सम्म सम्म टुङ्गो लाग्ने जानकारी दिनुभयो ।




















