हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दर्ता गराएको प्यानलनै जिताउनका लागि कपिलवस्तुको बाणगंगा ८ वडा कमिटि लागिपरेको छ । यहि बैशाख ३० गते शुक्रवारका दिन हुन गईरहेको निर्वाचनमा बाबुराम अर्याल नेतृत्वको उम्मेद्वारको टिमलाई विजयी बनाउन वडा कमिटि सक्रिय रुपमा लागेको वडा कमिटि अध्यक्ष गीता भुसालले बताउनुभएको छ ।
सोहि क्रममा वडा कमिटिको बैठकले पार्टीका वडा ईन्चार्ज टुकलाल गैरेको नेतृत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएकोे छ । उक्त निर्वाचन परिचालन कमिटिले पार्टीका उम्मेद्वारहरुलाई जिताउन विशेष भुमिका खेल्ने ईन्चार्ज गैरेले बताउनुभयो ।
वडा कमिटि अध्यक्ष गीता भुसालको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य गुणानिधि भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न वडा कमिटि बैठकले टोलटोलमा पुगी पार्टीका राम्रा कामको प्रचार प्रसार गरि वडालाई समृद्ध बनाउने पार्टीका उम्मेदवारहरुलाई जिताउनुपर्ने निर्णय गरेको छ ।




















