रामु यादव, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष पदमा युवा नेता ईन्जिनीयर इमरान अहमद खाँनले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । युवा समाजसेवी तथा लोकप्रिय नेताको रुपमा परिचित खाँन गाउँपालिका समृद्धिका लागि आफ्नो स्वतन्त्र उम्मेद्वारी रहेको बताउनुभएको छ । ईन्जिनीयर पेशा समेत अंगाल्दै समाज सेवामा अग्रसर खाँनले कुनै राजनितिक दलबाट नभई स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो ।
गाउँपालिकाको वडा नं. १ पतरिया निवासी ईन्जिनीयर खाँनले जनप्रतिनिधि भई जनताको सेवा गर्ने ईच्छा रहेको बताउनुभएको छ । डा. अब्दुल मलिक खाँका पुत्र ईन्जिनीयर खाँन पेशानै छाडी जनताको सेवा गर्न चाहेको बताउनुभयो । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ भन्ने मुल नाराका साथ भ्रष्टाचारी जनप्रतिनिधि विरुद्ध ईन्जिीनियर पदबाट राजिनामा दिई स्वच्छ राजनिति गर्नका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
गाउँपालिका अधुरा काम पुरा गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, कृषि लगायत विकासका पुर्वाधारलाई विशेष प्राथमिकता दिई गाउँपालिकाको समग्र विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै खाँनले आफुलाई जिताउन आग्रह गर्नुभयो ।
खाँनको उम्मेद्वारीसंगै गाउँपालिकावासी तथा युवावर्ग उत्साहित भएका छन् ।




















