लुदस,
बाणगंगा नगरपालिका वडा नं ४ घर बताउने एक बालकलाई मध्ये रातमा बनगाईबाट उद्धार गरिएको छ । युवा अभियान्ता कुमार खड्काले बालकलाई उघार गरि हाल वडा नं ४ का युवा उमेद्वार बुद्धि बहादुर रोकाया (दिनेश क्षेत्री )लाई हस्तान्तरण गरि घर पुर्याईएको बताएका छन् ।
वाणगंगा नगरपालिका वडा नं. ४ झुगा निवासी मान वहादुर क्षेत्रीको छोरा वर्ष ११ को वालक एक्लै रातको ११ः३० बजकोे समयमा बाटोमा हिडेको देखे पछि घेरुवा वनगाईबाट खड्काले वालकलाई सोधपुछ गर्दा आफु हराएको र कहाँ आए भन्ने केही थाहा नभएको बताए पछि उद्धार गरेको स्थानियले बताए । खड्काले हाल नेपाली कांग्रेसबाट उमेद्वारी वडा नं ७ को वडाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । उमेद्वारी पश्चात युवा अभियानबाट फर्कदै गर्दा वालक फेला परेपछी आफ्नो मनले यसै छाड्न नमानेको र अभिभावकिय जिम्मेवारी मात्र पुरा गरेको बताए ।
उनले भने यी सामान्य विषय हुन् कतिपय अवस्थामा त मानिस दुर्घटनामा परेर अचेत अवस्थामा गाडी फरार हुदाँ समेत उद्धार गर्ने गरेको सुनाउदै दिन दुखिको सेवा गर्न पाउदा गर्व लाग्ने बताए । उनले थपे त्यसैले त समाजसेवा का लागि राजनितिक रोजे पैसा त विदेशमा राम्रो कमाई थियो स्वदेशमै केही गर्नु छ भनेर देश फर्केको हुँ । बुटवलको उझेलमा परेको कपिलवस्तुलाई नमस्ते कपिलवस्तु मार्फत देश भर चिनाए । अव बाणगंगा ७ लाई नमुना बनाउनु छ उनले थपे म पैसाको लागि राजनिति गर्दैन् । इमान र निष्टा मा समर्पित छु ।




















