लुदअ, कपिलवस्तु
स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गरेका एमाले नेता मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । कार्कीले कपिलवस्तुको बाणगंगा नगरपालिका २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय गजेहडामा मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमालेका बाणगंगा नगर कमिटि उपाध्यक्ष समेत रहेका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका पछि उनले पार्टीबाट राजिनामा समेत दिएका थिए ।
वाणगंगा २ राजपुर निवासी कार्की विगत ३ दशक बढिदेखि नेकपा एमालबाट सक्रिय राजनीति गर्दै आएका थिए । उनले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमति गरी आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताए । कार्कीले आजैका मिति बाट आफू नेकपा एमालेमा रहि आफ्नो जिम्मेवार सम्हाल्नुका साथै नेकपा एमाले सुर्य ध्वजा वाहक सुर्य चिन्हका उम्मेद्वार मेयर उपमेयर अध्यक्ष सदस्य सबै उम्मेद्वारलाई भारी मतले बिजयी गराउने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी प्रति ईमान्दारीता देखाएका छन् । यो संगै पार्टीका नेता तथा कार्यकर्ताले धन्यवाद व्यक्त गर्दै उच्च मुल्यांकन सहित जिम्मेवारि प्रदान गर्ने पार्टीले बताएको छ ।




















