, कोपवा संवाददाता
कपिलवस्तुको बाणगंगा ६ मा गठबन्धन दलको घरदैलो उत्साहजनक भएको छ । निर्वाचन आयोगको आचारसंहितालाई ख्याल गर्दै मर्यादित र सम्यमित हुँदै घरदैलो अभियान अगाडी बढे्को युवा नेतृत्वकर्ता कुलराज पौडेलले बताए ।
गिलास चुनाव चिन्हबाट साझा वडाध्यक्षका उमेद्वारका रुपमा रहेका राम प्रसाद बेल्वासे , खुल्ला सदस्य विनोद कुमार परियार शोभावती थारु, महिला सदस्य रिता पाण्डे दलित सदस्य दुर्गा सुनुवार लगाएको टोली मतदाताको घरदैलो पुगेको हो ।
घरदैलो पुग्दा जनमानसमा नेतृत्व परिवर्तनका लागि उत्साह जागेको र अभियान टोलीलाई उत्प्रेरण जागेको बताईएको छ । घरदैलो अन्र्तरगत वडा ६ का भग्लापुर लक्ष्मणघाट , अमौली बैदौली लगाएतका क्षेत्रमा घोषणा पत्र सहित मतदाता समक्ष पुगेको युवा संयोजक लक्ष्मण भुषालले बताए । घरदैलो सहित टोलीले मतदाता शिक्षा लाई समेत प्रभावकारी बनाएको छ ।साझा उमेद्वारहरुले यस पट्क दल बदलेर नभई मन बदलेर सहयोग गर्न अपिल गरेका छन् ।




















