हरि आचार्य, कपिलवस्तु
वडावासीहरुको रोजाईमा पर्न सफल वडाध्यक्ष खुमानन्द न्यौपाने चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।
नेकपा एमालेको तर्फबाट बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडाध्यक्षका उम्मेद्वार न्यौपाने मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ शैक्षिक योग्यता र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
पुस्तौ देखि एमालेमा संगठित हुनुभएका न्यौपाने दशकौदेखि राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आउनुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा नगरमै उत्कृष्ट कार्य गरि वडालाई समृद्ध बनाउने खाका तयार पार्नुभएका न्यौपानेले पुरा हुन नसकेका विकास निर्माणका काम अब फेरी ५ बर्षमा गर्ने गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । उहाँले नेकपा एमाले बुद्धभूमि नगर कमिटि सचिवालय सदस्य तथा वडा नं. ९ को ईन्चार्ज जिम्मेवारी सम्हाल्नुभएको छ ।
भ्रष्टाचारको विरुद्धमा उभिदै पैसा कमाउने धेरै अवसरहरुलाई ख्यालै नगरि विशुद्ध समाज सेवामा समर्पित रहदै आउनुभएका न्यौपाने युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित न्यौपाने अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनुहुन्छ । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।
वडाध्यक्षमा निर्वाचित भएसंगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाई लगायत भौतिक विकास निर्माण तथा सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।




















