हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा लोकप्रिय वडाध्यक्षका उम्मेद्वार बिष्णु गिरी प्रतिको जनलहर बलियो बन्दै गएको छ । दैनिक मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त हुनुभएका गिरीको टिम जनताको आवश्यकता सम्बोधन गर्दै घरघरमा पुगेको छ । युवावर्ग मात्र हैन बृद्धबृद्धाको समेत आशिर्वाद लिदै अगाडि बढिरहनुभएका गिरीको घरदैलो कार्यक्रममा दैनिक ५/६ सय जनाको उपस्थिती रहने गरेको छ ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार गिरी संगै वडा सदस्यमा मुम बहादुर पाण्डे र हरि शंकर पौडेल, महिला सदस्यमा साबित्रा थारु र दलित महिला सदस्यमा पार्वती सुनारको जुझारु टिम चुनावी मैदानमा उत्रीएको छ ।

नेकपा एमालेका बाणगंगा नगरकमिटि सचिव समेत रहनुभएका गिरी लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।
गत स्थानीय निर्वाचन पश्चात लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल वडाध्यक्ष गिरीले यसपालि पनि जित्ने वडावासीले बताएका छन् । युवा, पर्खर वक्ताको रुपमा परिचित गिरी अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनुहुन्छ ।

उहाँले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















