लुदस, जग्दिशपुर
कपिलवस्तु नगरपालिका ९ का साझा गिलास चिन्ह का उम्मेद्वारहरु घरदैलो उत्साह बढ्को छ ।
सवै दलबाट स्वतन्त्र भई युवा नेतृत्व तयार गरि चुवानमा होमिएका उमेद्वारहरु मतदाताहरुले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको हर्नापुर गाउँका राजु थारुले बताए ।

दलहरु सधै झुक्याउन र चुनावका बेला कार्यक्रर्ता खोज्न मात्र आउछन् । यी स्वतन्त्र युवाहरु गाउँघरमा सधै साथमा रहन्छन् उनले भने स्थानिय निर्वाचन हो मन बदलेर माया गर्छौ ।
खाँसगरि वडाको समृद्धि, सुशासन विकास, र युवा,लक्षित वर्ग पाका पुस्ता सवैको हितका लागि आफुहरु केही गर्ने अठोटका साथ निर्वाचनमा होमिएको वडाध्यक्षका प्रत्यासी नारायण प्रसाद पौडेलले बताए । उनिहरुले साझा अभियानमा सवै जोडिन समेत अपिल गरेका छन् । उनिहरुले अभियानका लागि चुनाव चिन्ह गिलासलाई साझा बनाएर घरदैलो केन्द्रित भएका हुन् ।

घरदैलोमा जनस्तरबाट राम्रो रौनक देखिएको उनिहरुको बथाएका छन् । साझा अभियानले जिते जनताको जित हुने र स्थानिय स्तरमा विकासका लागि पार्टीको मुख ताक्न नपर्ने भन्दै स्वतन्त्र नागरिकहरुको बाक्लो साथ समेत बढ्ेको केवलपुरका राम विहारी यादवको भनाई छ ।
घरदैलो पुग्दा जनमानसमा नेतृत्व परिवर्तनका लागि उत्साह जागेको र अभियान टोलीलाई उत्प्रेरण जागेको बताईएको छ । घरदैलो अन्तरगत वडा विभिन्न ठाउँमा र्याली सहित नाचगाँन समेत गरिएको थियो ।




















