हरि आचार्य, कपिलवस्तु
देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका वडा नम्बर १३ मा नेकपा (एमाले) का उम्मेद्वार दुर्गा बहादुर बि.सी.अघिल्लो स्थानीय चुनावमा जनताको माया र लोकप्रिय मतका साथ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । गत वर्षको कार्यकालमा अध्यक्ष पदमा रहेर आफुले गरेको विभिन्न वडाको बिकासमै कारण आफुलाई पार्टी र जनताहरुले पुनः अध्यक्ष को उम्मेद्वार दिएको उहाँको भनाई छ ।
जनताहरु भन्छन्, ‘हजुर जस्तो अध्यक्ष दोहोरिएर हैन तेहेरिएर आए पनि हामी जिताउछौँ ढुक्क हुनुस, कसैले कुनै कुरा मा गल्ती औल्याइदिएला तर न आत्तिनु त्यो पाठ सिकाएको हो ।’ तपाईले ५ वर्ष सम्म जनताको जसरी अभिभावक बनेर सेवा गर्नु भयो नि यसै कारण हामी पुःन तपाइँलाई अध्यक्ष पदमा निर्वाचित बनाएरै छोड्छौँ । “यसरी जनताले दिएको साथ र मायाको महसुसले उम्मेद्वार बि.सी.ले आँखामा खुशीका आँसु आएको बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा हार ब्यहारे पनि सधै भरी जनताकै अभिभावक भएर समाजसेवामा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्षमा निर्वाचित भए पछि वडाको समग्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, भौतिक विकास निर्माण, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारलाई विशेष प्राथमितका साथ अगाडि बढाउने बताउनुभयो । वडा भित्रका अपांगता भएका व्यक्ति, विपन्न, गरिव, ज्येष्ठ नागरिक, महिला सबै नागरिकलाई समावेश गर्दै अगाडि बढ्ने बताउनुभयो ।




















