हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताको खटनपटनको जिम्मा एमालेले लिएको बताउनुभएको छ । नेकपा एमाले पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले एमालेसंग सत्ता, कर्मचारी, सुरक्षाकर्मी कसैको खटनपटन गर्ने जिम्मा नभए पनि ३ करोड जनताको जिम्मेवारी एमालेले लिने बताउनुभएको हो । नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. २ परिचालन कमिटिद्धारा आयोजित घरदैलो कार्यक्रमको औपचारीक समापन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका एमाले नेता न्यौपानेले कपिलवस्तुका १० वटै स्थानीय तहमा दुई तिहाई बहुमतका साथ एमाले अगाडि आउने दावि गर्दै उम्मेद्वारहरुले जनताको निश्पक्ष सेवा गनुपर्नेमा जोड दिनुभयो ।
उहाँले ५ दलीय गठबन्धनको अवस्था दयनिय बन्दै गएको बताउदै एमालेसंग सबै पार्टी डराएको एमालेमा प्रवेश गर्नेको लहर लागेको बताउनुभयो ।
स्थानीय मात्र हैन प्रदेश तथा प्रतिनिधि सभा चुनावमा पनि देशैभर एमालेल बहुमत हासिंल गर्ने दावि गर्दै त्यसका लागि अहिले देखिनै तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष पदका उम्मेद्वार बिष्णु पौडेलले वडाको समृद्धिका लागि एमालेका सम्पुर्ण उम्मेद्वारलाई जिताउन आग्रह गर्दै घरदैलोमा सक्रियताका साथ सहभागी हुनुभएका सम्पुर्ण नेता, कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
निर्वाचन परिचालन समिति संयोजक ताराजन घिमिरेको अध्यक्षता, प्रचार प्रसार समिति संयोजक पुर्ण चन्द्र परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो ।




















