ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोदनका मतदाता भन्छन् ‘गाउँपालिका अध्यक्षमा चौधरी नै योग्य’

Lumbini Darpan 2 २०७९ बैशाख २५, आईतवार १२:००
[sharethis-inline-buttons]

कपिलवस्तु, २५ वैशाख

कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकामा नेकपा (एमाले)ले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा शनिबार गाउँपालिकाको वडा नम्बर १ मा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी विनोद चौधरीसहितको टोली घरदैलोमा पुग्दा स्थानीय मतदाता निकै उत्साहित बनेका छन् । भेटघाटको क्रममा स्थानीय मतदाताले शुद्धोधन गाउँपालिकामा नयाँ नेतृत्वको आवश्यकता महशुस गरेको बताएका छन् । शुद्धोदन गाउँपालिकालाई विकास र समृद्धि बाटोमा अघि बढाउन एमाले उम्मेद्वार विनोद चौधरी नै योग्य रहेको स्थानीय मतदाताले ठहर गरेका छन् । मतदाताले शुद्धोदनको आवश्यकता चौधरी नै रहेको बताउदै आफ्नो अमूल्य मत दिएर विजयी बनाउने आश्वासन समेत दिएका छन् ।

एमालेले नेतृत्व गरेका पालिकाहरुमा विकासको लहर आएको देखेर शुद्धोदनका जनताले पनि यसपाली एमालेकै उम्मेद्वारलाई विजयी गराउन चाहेकोे बताएका छन् । गाउँपालिकामा हालसम्म खासै परिवर्तन आउन नसकेको र विकास निर्मातमा समेत भेदभावपूर्ण व्यवहार हुने गरेका गुनासो गर्दै, अब यस्तो अवस्था आउन नदिन र सबै पक्षलाई समेटेर लैजान स्थानीयले उम्मेद्वार चौधरीलाई सुझाव दिएका छन् । मतदातका गुनासोलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी चौधरीले भन्नुभयो, ‘म अध्यक्ष हुनु भनेको तपाईहरु नै अध्यक्ष भए जस्तै हो । चुनाव जिते पछि तपाईहरुको समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।’

चौधरीले आफुले जितेमा गाउँपालिको मुहार फेर्ने बताउनुभयो । उहाँले आफुले कसैलाई, कुनै पनि आधारमा भेदभाव वा पक्षपातपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्षका प्रत्यासी चौधरीले एमाले नेतृत्वको सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण शुद्धोधनका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले गाउँपालिका कार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले आफ्नो पार्टीले शुद्धोधन गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने, युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायमा महिलाहरु माथि थुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायका विपन्न बालबालिका, हिंसा पिडित महिला र वृद्धका लागि एमालेले विशेष प्याकेज ल्याउने जिकिर गर्नुभयो । त्यसैगरी एमालेको तर्फबाट गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षका प्रत्यासी अब्दुल मोजिब खाँले आफुले जितेमा वडा भित्र शुद्ध खानेपानी व्यवस्था, गुणस्तरिय शिक्षा, भ्रष्टाचारमुक्त समाज, बालबालिका, वृद्ध ,अशक्त र अपाङ्ता भएका व्यक्तिहरूलाई घरमा पुगेर सुरक्षा भत्ता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्रकाशित : २०७९ बैशाख २५, आईतवार १२:००

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech