हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ११ मा नेकपा (एमाले) ले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा वडाका सम्पुर्ण घरघरमा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार चेतनारायण ढकाल, वडा सदस्यमा यम कुमारी गाहा, दलित महिला सदस्यमा सावित्रा परियार खुल्ला सदस्यमा बाबुराम शर्मा र रिखिराज थारुको जुझारु टिम जनताको सेवा गर्नका लागि निर्वाचनमा होमिएको छ ।
भेटघाटको क्रममा स्थानीय मतदाताले वडा नं. ११ मा नयाँ नेतृत्वको आवश्यकता महशुस गरेको बताएका छन् । वडालाई विकास र समृद्धि बाटोमा अघि बढाउन एमाले उम्मेद्वार ढकाल नै योग्य रहेको स्थानीय मतदाताले ठहर गरेका छन् । मतदाताले वडा नं. ११ को आवश्यकता ढकाल नै रहेको बताउदै आफ्नो अमूल्य मत दिएर विजयी बनाउने आश्वासन समेत दिएका छन् ।
एमालेले नेतृत्व गरेका वडाहरुमा लहर आएको देखेर जनताले पनि यसपाली एमालेकै उम्मेद्वारलाई विजयी गराउन चाहेकोे बताएका छन् । वडामा हालसम्म खासै परिवर्तन आउन नसकेको र सबै पक्षलाई समेटेर लैजान स्थानीयले उम्मेद्वार ढकालको टिमलाई सुझाव दिएका छन् । मतदातका गुनासोलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी ढकालले भन्नुभयो, ‘म अध्यक्ष हुनु भनेको यस वडाको समृद्धिका लागि हो । चुनाव जिते पछि तपाईहरुको समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।’
उहाँले आफुले कसैलाई, कुनै पनि आधारमा भेदभाव वा पक्षपातपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्षका प्रत्यासी ढकालले एमाले नेतृत्वको सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण वडाका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । उहाँले वडाका सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । ढकालले आफ्नो पार्टीले वडामा गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने, युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















