हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष कमल क्षेत्रीले कपिलवस्तु जिल्ला एमालेमय भएको बताउनुभएको छ । जिल्लाका सम्पुर्ण युवाहरुको नेतृत्व गरि समग्र जिल्लाको स्थलगत निरिक्षण तथा रिपोर्टिङ् गर्दै जिल्लाका १० वटै स्थानीय तहमा एमालेको राम्रो प्रभाव रहेको बताउनुभएको हो । पार्टीको जिल्ला कमिटि सदस्य समेत रहनुभएका क्षेत्रीले जिल्ला सबै एमालेका उम्मेद्वारहरुलाई जिताउन सम्पुर्ण युवाहरुलाई परिचालित गरिएको बताउँदै जित निश्चित रहेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल निर्वाचन परिचालन कमिटि बाणगंगाका संयोजक रहनुभएका क्षेत्रीले आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरसंगै समग्र जिल्लाका सम्पुर्ण युवाहरु निर्वाचन केन्द्रित रहेको दाबि गर्नुभयो । पार्टीका सम्पुर्ण उम्मेद्वारहरुलाई विजयी गराउन जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल लागिपरेको बताउँदै लक्ष्य पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समृद्ध पालिकाका एमालेको जितको विकल्प नरहेको बताउँदै सम्बन्धि पालिकाका सबै युवाहरुलाई प्रत्येक वडावडामा परिचालन गरिएकाले पार्टीलाई कुनै अप्ठ्यारे नपर्ने उहाँले बताउनुभयो ।
निर्वाचनको समयमा पार्टी वा जनताको सेवा गर्ने अठोटका साथ निर्वाचनमा उत्रीनुभएका पार्टीका उम्मेद्वारहरुलाई जस्तोसुकै समस्यामा पनि युवाहरुले साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।




















