हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा नेकपा एमालेले घरदैलो कार्यक्रम उत्साह र सक्रियता पुर्वक सम्पन्न गरेको छ । एमालेको गणको रुपमा हेरिने वडा नं. ८ मा संयौँ नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थितीमा घरदैलो सकिएसंगै अहिले मतदाता भेटघाटमा उम्मेद्वारहरु ब्यस्त छन् । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार नगरमै कान्छो युवा, प्रखर वक्ताको रुपमा परिचित बाबुराम अर्याललाई उम्मेद्वार पाउँदा मतदाता खुसी भएका छन् भोट हाल्न उत्सुक छन् ।
वडाध्यक्षका उम्मेद्वार अर्याल सहित महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिम रहेको छ । वडाको मुहार फेर्नका लागि ५ जनाको टिम लागिपर्ने वडाध्यक्ष पदका उम्मेद्वार अर्यालले बताउनुभयो ।
वडाध्यक्षका उम्मेद्वार अर्यालले आफु युवा भएकाले वैदेशिक रोजगारका लागि विदेश पलायन हुनबाट युवाहरुलाई गुरुयोजना सहित रोजगार तथा स्वरोजगार बनाउने, कृषिमा आधुनिकिकरण गरि व्यवसायीक कृषि तर्फ आकर्षित गर्ने बताउनुभयो ।
उहाँले प्रतिवद्धता पत्रमा उल्लेख गरे अनुसार आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्थांगत विकास तथा सुसाशन लगाएतका बिषयलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुकुम्बासी बस्तीलाई सुगम बस्ती बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मतदाता भेटघाट कार्यक्रममा स्थानीयका जिज्ञासालाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीहरुका लागि पहिलो प्राथमिकता दिने लक्ष्य रहेको बताउनुभयो ।
वडाका विभिन्न सुकुम्वासी तथा अब्वस्थित बस्तीमा जग्गाधनी लालपुर्जा प्रदान गर्न विशेष पहल गर्नुका साथै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकासका पुर्वाधारको ब्यबस्था गर्ने बताउनुभयो ।
बर्षौदेखि विकासको दृष्टिले पछाडी परेका सुकुम्बासी नागरिकहरुका लागि स्थानीय सरकारको अनुभुती गराउने खालका काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धेरै बर्ष देखि उपेक्षित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले एमालेले लालपुर्जा प्रदान देखि विभिन्न विकास गर्ने भए पछि एमालेलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । उनीहरुले लालपुर्जा दिन्छु भन्ने धेरै पटक चुनावी नारा भए पनि पनि अहिले सम्म कसैले पुरा गर्न नसकेको बताए । अब कसैको लोभ, प्रलोभन, डरमा नपरी वडाध्यक्षमा बाबुराम अर्याललाई जिताएमा आफ्ना माग र आवश्यकता पुरा हुनेमा विश्वस्त रहेको उनीहरुले बताएका छन् ।
बाणगंगा ८ मा एमालेका सम्पुर्ण उम्मेद्वारलाई अत्यधिक मतका साथ विजयी गराउन सम्पुर्ण नेता, कार्यकर्ता लागि परेको निर्वाचन परिचालन कमिटि वडा नं. ८ का संयोजक टुकलाल गैरेले बताउनुभएको छ ।




















