हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष पदका उम्मेद्वार अमित पौडलले सुकुम्बासी बस्तीलाई सुगम बस्ती बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मतदाता भेटघाट कार्यक्रममा स्थानीयका जिज्ञासालाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीहरुका लागि पहिलो प्राथिमकता दिने लक्ष्य रहेको बताउनुभयो ।
वडाका उप्टहवा, बुंची, लगायत विभिन्न सुकुम्वासी तथा अब्वस्थित बस्तीमा जग्गाधनी लालपुर्जा प्रदान गर्न विशेष पहल गर्नुका साथै खानेपानी, शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकासका पुर्वाधारको ब्यबस्था गर्ने बताउनुभयो ।
बर्षौदेखि विकासको दृष्टिले पछाडी परेका सुकुम्बासी नागरिकहरुका लागि स्थानीय सरकारको अनुभुती गराउने खालका काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
धेरै बर्ष देखि उपेक्षित सुकुम्वासी तथा अव्बस्थित बसोवासीहरुले एमालेले लालपुर्जा प्रदान देखि विभिन्न विकास गर्ने भए पछि एमालेलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । उनीहरुले लालपुर्जा दिन्छु भन्ने धेरै पटक चुनावी नारा भए पनि पनि अहिले सम्म कसैले पुरा गर्न नसकेको बताए । अब कसैको लोभ, प्रलोभन, डरमा नपरी वडाध्यक्षमा अमित पौडेललाई जिताएमा आफ्ना माग र आवश्यकता पुरा हुनेमा विश्वस्त रहेको उनीहरुले बताएका छन् ।
साथै ती स्थानमा कृषिमा लगानी, रोजगार, महिलाहरुका लागि सीप विकास तालिम तथा व्यवसायमा आवद्ध, अपांगता भएका व्यक्तिहरुको रोजगारी संगै आर्थिक संमृद्धि, फुसको छाना हटाउने, धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गरि उनीहरुलाई सुगम बस्तीको आभास गराउने खालका काम आफ्नो कार्यकाल भित्र गरेरै छाडने वडाध्यक्षका उम्मेद्वार पौडेलले बताए ।




















