लुदस, जितपुर
आसन्न बैशाख ३० गतेको निर्वाचनका लागि कपिलवस्तुको बाणगंगा वडा नं ४ मा ३ युवाको रोचक प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुद्धि बहादुर रोकाया -दिनेश क्षेत्री , नेकपा एमालेका तर्फबाट छवि रेश्मी मगर र ४ दलिय गठबन्धनका तर्फबाट चन्द्रकान्त न्यौपाने चुनावी मैदानमा होमिएका हुन् ।
विगतमा नेपाली कांग्रेसले जित हात पारेको वडा ४ यसपाली निकै प्रतिस्पर्धात्मक हुने बताईएको छ । नेपाली कांग्रेसका तर्फबाट उमेद्वार बनेका क्षेत्री युवा माझ निकै लोकप्रिय मानिन्छन् । बाणगंगा क्षेत्रको प्रतिष्ठित संस्था बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव समेत रहेका क्षेत्री सामाजिक रुपान्तरण का क्षेत्रमा अब्बल मानिन्छन् ।
उनले कोरोना का बेला गरेको योगदान खेलकुदका क्षेत्रमा गरेको रुपान्तरण र विकासले लोकप्रिय बनेका हुन् । कपिलवस्तु महोत्सवमा पट्क पट्क निर्देशकको भुमिका निर्वाह गरेकै कारण पनी उनि चर्चामा रहेका छन् । विगतमा गरेका भुमिकालाई अव मतदाता महत्वपुणर् साथ दिने उनले बताए । यता नेकपा एमालेका तर्फबाट उमेद्वार बनेका रेश्मी कपिलवस्तु उद्योग बाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनले जिल्ला खेलकुद विकास समिति कपिलवस्तु मा समेत नेतृत्व सम्हालिसकेका छन् ।
उनिपनी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा निर्देशक हुन् । उद्योगी व्यापारी, युवा क्षेत्र तथा समाजसेवामा गरेको आफ्नो कर्मको अव जनताले उचित मुल्याङ्गन हुने दिन आएको रेश्मीको भनाई छ । यता गठबन्धनबाट उमेद्वार बनेका न्यौपाने जिल्लामा मात्र नभई प्रदेशमै लोकप्रिय संचारकर्मी हुन् उनले संचारकर्मका तर्फबाट बनाएको लोकप्रियता जनतासामु पुग्ने अठोटका साथ लागेको र मुल्याâन मतदाताले गर्ने दिन आएको बताए ।




















