लुदस,
कपिलवस्तुको बाणगंगा ६ मा साझा चुनाव चिन्ह गिलासका उमेद्वारहरुले विपक्षी दलहरु भ्रमको खेती गर्न गाउँ गाउँ जान थालेको बताएका छन् ।
आज आयोजित वृहत जन र्याली समापन कार्यक्रममा बोल्दै जनता अव सचेत रहेको र भ्रम र यथार्थ बुझन्े दिन आएको बताएका हुन् । कार्यक्रममा बोल्दै वडा नं ६ का वडाध्यक्षका उमेद्वार राम प्रसाद बेल्वासेले अव निणर्ायक जनता नै भएको हुदाँ भ्रम सिर्जना नगरि यथार्थ राजनितिमा आउन विपक्षीहरुलाई आग्ह गरेका थिए । उनले पछिल्लो समय चुनाव जित्ने नाममा वडामा भ्रम श्रजना गर्नकै लागि ा राजनीतिक दलहरुले चुनाव जित्न जे पनि गर्ने, जे पनि भन्ने प्रवृत्ति मौलाउँदो भएको बताएका छन् । खासमा विगतका ५ वर्षमा के गरे ? जित हासिल गर्नेले के कस्तो उपलब्धिपूणर् काम गरे ? अहिलेको निर्वाचनमा जित्नका लागि या नागरिकले आफ्नो अमुल्य मत जाहेर गर्नका लागि त्यस्तो के एजेण्डा छ ? जसले भोलिका दिनमा नागरिकको जीवनस्तरदेखि समाज वडा , पालिका बदलिन सक्छ ? त्यसका विश्वस्त हुने आधारहरु केके छन् ? यो विषयमा जनताले प्रश्न गर्ने बेला आएको र पार्टी बाट माथि उठेर हाम्रो भन्दा राम्रो उमेद्वार चुन्न जनता उत्साहित भएको बताएका छन् ।




















