हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा बिष्णु गिरी सहित एमालेको प्यानलले जित हात पारेको छ । गत स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष गिरीको प्यानलले यसपालिको निर्वाचनमा पनि फराकिलो मतान्तरले जितेको छ । वडा सदस्यमा मुम बहादुर पाण्डे र हरि शंकर पौडेल, महिला सदस्यमा साबित्रा थारु र दलित महिला सदस्यमा पार्वती सुनार लगायतको प्यानलले जित हात पारेको हो । प्रतिष्पर्धी कांग्रेस र आफ्नै सहोदर दाजुलाई जसपावाट हराउदै गिरी दोश्रो कार्यकालका लागि विजयी हुनु भएको हो ।
गत स्थानीय निर्वाचन पश्चात लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल वडाध्यक्ष गिरी अबको ५ बर्षका लागि वडावासीको सेवा गर्नका लागि योग्य हुनुभएको छ ।
युवा, पर्खर वक्ताको रुपमा परिचित गिरी अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनुहुन्छ । उहाँले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफुले सम्पुर्ण मतदाताको मतले विजयी हुन सफल हुनुभएको बताउनुभयो ।
उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यता एमालेका सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउनका लागि रात दिन युवाहरु लागि परेको युवा नेता तिलक गिरीले बताउनुभएको छ । पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि उपाध्यक्ष समेत रहनुभएका युवा नेता तिलक गिरीले वडाको विकासका लागि एमालेका जनप्रतिनिधिहरुको विकल्प नरहेको दावि गर्नुभयो ।




















