लुदअ, कपिलवस्तु
नेकपा (एमाले) का युवा नेता श्याम प्रसाद सुवेदीले पार्टीको साधारण सदस्य मात्र रहने गरि सम्पुर्ण जिम्मेवारीबाट राजिनिमा दिएको घोषणा गर्नुभएको छ । विविध कारणवश आगमि दिनमा पार्टीको साधारण सदस्य रहने तर जिम्मेवारीबाट भने राजिनामा दिने उहाँले घोषणा गर्नुभएको हो । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका पुर्व सचिव समेत रहनुभएका सुवेदी हाल नेपाल खेलकुद महासघंको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज एवम् पार्टीको कपिलवस्तु नगरपालिका वडा नं. ९ को ईन्चार्ज रहनुभएको छ । अब सबै जिम्मेवारीबाट राजिनामा दिएको तर पार्टीको साधारण सदस्य मात्रै रहने उहाँले बताउनुभएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई विजयी गराउन अहम भुमिका खेल्नुभएका सुवेदीको राजिनामाले पार्टीलाई ठुलो घाटा हुने नेता कार्यकर्ताले बताएका छन् ।
दशकौ देखिको पार्टी प्रतिको माया र संघर्षका कारण पार्टी प्रतिको आस्था नछाड्ने तर जिम्मेवारीबाट भने बाहिरिने निर्णय गरेको सुवेदीले बताउनुभएको छ ।




















