असार,८ काठमाडौं । आज सुनको मूल्य तोलामा ४ सय घटेको छ । आजका लागि छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो २ दिन सोमबार र मंगलबार सुन र चाँदीको मूल्य स्थिर थियो । सो दिन छापावाल तथा तेजावी सुनको मूल्य क्रमशः ९७ हजार ७ सय र ९७ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य एक हजार २ सय ५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यस्तै सोमबार र मंगलबार चाँदीको मूल्य एक हजार २६५ रुपैयाँ थियो ।




















