ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको पाँचौ पूर्ण वैठक, यस्ता छन् महत्वपुर्ण निर्णय

Lumbini Darpan 2 २०७९ असार २५, शनिबार १९:५४
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

नेकपा (एमाले) कपिलवस्तुको पाँचौ पूर्ण वैठकबाट महत्वपुर्ण एजेन्डामा छलफल गर्दै विभिन्न निर्णयहरु भएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम्.राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न एमाले नेतृत्वको सरकारको विकल्प नभएको दावी गरेकी छन् । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वैशाख ३० को स्थानिय तहको निर्वाचनमा जनमतका हिसावले एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको बताउदै देशलाई सही ढंगले संचालनका लागि एमाले सरकार आवश्यक रहेको चर्चा गरीन् । उनले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिईन् । नेता घिमिरेले नेकपा (एमाले) कपिलवस्तुको पाँचौ पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेकी हुन् ।

वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कृषि, तथा पशुपंक्षी विभाग प्रमुख गिरधारीलाल न्यौपानेले वर्तमान गठबन्धन सरकार योजना विहिन ढंगले अगाडी बढ्दा राष्ट्रलाई ठूलो क्षती पुगेको आरोप लगाए ।

एमाले केन्द्रिय कमिटी सदस्य सिराज अहमद फारुकीले बलियो एमाले समयको आवश्यकता रहेको चर्चा गरे । त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको चर्चा गर्दै जनताको चाहना पुरा गर्ने दिशातर्फ सबै पार्टी कार्यकर्ता लाग्नु पर्नेमा जोड दिए । बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले निर्वाचनका समयमा पार्टीलाई मतदान नगर्ने जो कोही पनि एमाले हुन नसक्ने बताए ।

वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।

सोही वैठकले स्थानिय तहको निर्वाचनका सन्दर्भमा आएका विभिन्न टिका टिप्पणी, उजुरी, आरोपहरु र पार्टी विरोधी गतिविधीका सन्दर्भमा भएका गतिविधीका बारेमा वास्तविकता बुझनका लागि एमाले केन्द्रिय कमिटी सदस्य एवम् कृषि तथा पशुपंक्षी विभाग प्रमुख गिरधारीलाल न्यौपानेको संयोजत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ । छानविन समितिको सदस्य एमाले केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु सहईन्चार्ज शुसिल कुमार श्रीवास्तव, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम आचार्य र एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुम लक्ष्मण बेल्बासे सदस्य रहेको छानविन समिति गठन गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकले पार्टी सदस्यता नविकरण गर्ने, पार्टी सदस्यता डिजिटल अपडेट गर्दै नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । सोही वैठकले पार्टीका मोर्चा संगठन, जिल्ला विभाग, जिल्ला सल्लाहकार परिषद बैठकहरु श्रावण तेस्रो साता भित्र सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तु जनाएको छ । वैठकले निर्वाचित जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण श्रावणको तेस्रो हप्ता संचालन गर्ने भएको छ । सोही वैठकले जिल्ला समन्वय समिति एवम् पालिकामा निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै निर्वाचनमा सहयोग पु¥याउनुहुने सबै प्रति धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।

वैठकमा स्थानिय तह निर्वाचनको पालिकाको समिक्षात्मक प्रतिवेदन वाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रेल, बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवि प्रसाद बेल्बासे, कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रजापति, विजयनगर गाउँपालिका अध्यक्ष थर्क बहादुर थमगाहा, महाराजगञ्ज नगर कमिटीका अध्यक्ष निजाम खान, यशोधरा गाउँपालिका अध्यक्ष, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष जगन्नाथ चौधरीले समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भयो । त्यस्तै वैठकमा कृष्णनगर नगर कमिटीको प्रतिवेदन एमाले जिल्ला सचिव सिवि गहतराज र शिवराज नगरको प्रतिवेदन एमाले जिल्ला उपसचिव अर्जुन केसीले गरेका थिए ।

वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी., एमाले नेताहरु साधुराम खनाल, काशिराम बेल्बासे, ईन्द्रमणी पौडेल, कृष्ण प्रसाद पौडेल, जंजिर प्रसाद चौधरी, खुम आचार्य, प्रभा पौडेल, द्रोणराज सुवेदी, टेकराज पौडेल, बाबुराम आचार्य, डम्वर शर्मा चपाई, विष्णु प्रसाद भण्डारी, शारदा शर्मा, बाबुराम खनाल, चक्रपाणी अर्याल, गुणनिधी भुसाल, मेराज खाँ, रामविलास यादव, धर्मवहादुर लाल श्रीवास्तव, अर्जुन पोख्रेल, पूर्णकला सुनार, जगदिशप्रसाद गुप्ता, ठाकुर प्रसाद पोख्रेल, पोमनारायण पौडेल, तेजप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

 


प्रकाशित : २०७९ असार २५, शनिबार १९:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech