
लुदअ, कपिलवस्तु
‘प्रजातान्त्रिक विचार समाज’ कपिलवस्तु शाखाको जिल्ला उपाध्यक्षमा विशाल अधिकारी चयन हुनुभएको छ । एक कार्यक्रमको आयोजना गरि प्रजातान्त्रिक विचार समाज कपिलवस्तुको उपाध्यक्षमा अधिकारीलाई चयन गरिएको हो । नेपाली कांग्रेस निकट संगठनको जिल्ला उपाध्यक्षको जिम्मेवारी उहाँलाई प्रदान गरिएको हो । अधिकारी नेविसंघका विद्यार्थी नेता हुनुहुन्छ भने नेविसंघ सिटिईभिटिी लुम्बिनी प्रदेश सदस्य तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कपिलवस्तुको सदस्य समेत रहनुभएको छ ।
उपाध्यक्ष भएसंगै अधिकारीले संगठनलाई थप मजबुत, बलियो र सशक्त ढंगले अगाडि बढाउने बताउनुभयो । उहाँले उपाध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो ।

