
लुदस, बुटवल
गुल्मी निर्वाचन क्षेत्र २ प्रदेश सभा“ ख“ का लागि नेपाली कांग्रेसका युवा नेता प्रकाश पोख्रेल प्रदेश सभा सदस्यमा उमेदवारका लागि सिफारिस भएका छन ।
२०४५ साल देखि ने वि संघ को राजनितिमा कृयाशिल हुँदै नेपाली कांग्रेस को १२ औ. महाधिवेशनका प्रत्यासी पोख्रेल नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा लुम्बिनी प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए । लेखक तथा राजनितिक बिश्लेसकको पहिचान बनाएका पोख्रेल ले तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र हरण गरे पछि नजर बन्द मा रहेका सभापती लगायत शिर्ष नेताहरुबाट राजाको कदम विरुद्ध को आवाज रेकर्ड गराई अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा पुराई राजालाई गलाउन दवाव सृर्जना गरेका थिए ।
फलस्वरुप उनी केही समय भुमिगत हुनु परेको थियो । माओवादी र सेनाको चपेटामा परेका उनी जनताको आवाजलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्धेश्यले २०६१ मंसिरमा गुल्मी जाने क्रममा नेपाली सेनाले गुल्मीको बलेटक्सारमा उनि माथी मरणासन्न हुने गरि आक्रमण गरेका कारण १ महिना सम्म गोरखपुरमा उपचार गराउनु परेका पोख्रेल को सेनाको चुटाइका कारण अहिले पनि दायाँ कानले कम सुन्दछन् । कांग्रेस कर्याकर्तामाथिको ज्यादती बिरुद्द लागेका कारण कपिलवस्तुमा माओवादीले अपहरण गरि उनलाई ३ दिन सम्म आफ्नो कब्जामा राखेका थिए । झन्डै दुइतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको कम्युनिष्ट सरकारका प्रधानमन्त्री के पि ओली सरकारलाई विस्तापित गर्न कलम अन्दोलन ( लेख रचनाहरु राष्ट्रिय अन्र्तराष्ट्रिय पत्रपत्रिका हरुमा प्रकाशित ) मार्फत दवाव सृजना गरेका पोख्रेल २०४५ साल देखि ने वि संघ मा आबद्ध भै गुल्मीको नयाँगाउँमा ने बि संघको संगठन बिस्तारमा नेतृत्व गरेका थिए ।
प्रजातन्त्र पुर्नस्थापनाको लागि २०४६ सालमा आन्दोलनहरुमा सरिक भै सक्रिय भुमिका निर्वाह गरेका उनले ७७ जिल्लाहरुको भ्रमण गरि आम जनतालाई कांग्रेस प्रती आर्कषित गराउदै लेख रचना मार्फत नेपाली कांग्रेस संगठनलाई मजबुद बनाउन अहोरात्र खटिरहेका छ्न । गाउँ गाउँ मा एम्बुलेन्स सन्चालन, खानेपानी, सिचाई , स्वास्थ्य, शिक्षा पर्यटन लगायत विविध क्षेत्रमा विशेष योगदान पुराउदै आएका पोख्रेल नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वको समिपमा रहि राष्ट्रिय/ अन्र्तराष्ट्रिय राजनीतिको विश्लेसणात्मत सुझाव सल्लाह मार्फत नेतृत्वलाई सघाउदै आएका छ्न ।