एमालेले ग-यो कपिलवस्तु क्षेत्र नं. १ मा उम्मेद्वारको नाम सिफारिस

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १, प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) र (ख) को संयुक्त वैठकले मंसिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । वाणगंगामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा १ का लागि पार्टीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, जिल्ला उपाध्यक्ष विश्राम थारु, पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेश क्षेत्र नं. १ को (क) मा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज गिरधारीलाल न्यौपाने, लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, पार्टी जिल्ला अध्यक्ष डम्मर शर्मा, प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. १ को (ख) का लागि भने गृह कार्य नपुगेको भन्दै आगामी २० गते वैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यापानेले मंशिर ४ गते एकै पटक हुने प्रदेश र संघिय निर्वाचनमा लाग्न पाटी योजनावद्ध तवरले अगाडि बढेको बताउनु भयो ।

बैठकका प्रमुख अतिथि समेत रहनुभएका नेता न्यौपानेले उम्मेद्वार छनौटमा कुनै प्रकारको विवाद नआउने गरि पपुलर नेतालाई उमेदवारका रुपमा अगाडि बढाउने पाटीको निति रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सहइन्चार्ज वृजेस कुमार गुप्ताले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो । विवादरहित उम्मेद्वार छनौट गरि निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो ।

वैठकमा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जिल्लाबाट केन्द्रमा पठाउने बेला सम्म एक÷एक जनाको नाम सर्वसम्मत रुपमा पठाउन कोशिस गर्न आग्रह गर्दै विश्राम चौधरी, विश्व कार्की, भेषराज पाण्डे, विनोद चौधरी, शान्ता पाण्डे, सर्वेन्द्रदेव खनाल लगायत ९ जनाको कार्यदल घोषणा गर्नु भएको छ ।

सो कार्यदलले सर्वसम्मत रुपमा नाम सिफारिस गर्न गृह कार्य गर्ने छ । निर्वाचन क्षेत्र नं १ समन्वय कमिटिका संयोजक विश्राम थारुको अध्यक्षता, प्रदेश क्षेत्र नं क का संयोजक भेषराज पाण्डेको सञ्चालन, प्रदेश क्षेत्र १ ख का संयोजक विष्णु गौतमको स्वागत मन्तव्य विच भएको संयुक्त वैठकमा क्षेत्रिय सहसंयोजक विश्व कार्कीले उमेदवारको नामावली संकलनमा सहजिकरण गर्नु भएको थियो । वैठकमा कमिटिका १ सय ३८ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा एमालेका केन्द्रीय तथा प्रदेश कमिटिका सबै नेताहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७९ भाद्र १८, शनिबार १९:५८