
लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र नं. ३ (क) तर्फ नेकपा (एमाले) कपिलवस्तुका उप सचिव अर्जुन कुमार के.सी. को नाम सिफारीस गरेको नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुन्छ भने गुप्ता नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य हुनुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका के.सी. बर्तमान प्रदेश सांसद हुनुहुन्छ। प्रदेश क्षेत्र नं.३ (ख) का लागि भने छलफलका लागि बैठक जारी रहेको नगर कमिटी अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।