काङ्ग्रेस कपिलवस्तु प्रदेश क्षेत्र नं १ (क) बाट ५ जना सिफारिस

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ (क) को बैठकले प्रदेश सभा सदस्यका लागी उम्मेदवारहरु सिफारिस गरेको छ । बैठकले ५ जनालाई प्रदेश सभाको सदस्य प्रत्यक्ष तर्फका लागी सिफारिस गरेको हो ।

नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि, पुर्व महासमिति सदस्य तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष समेत रहेका डोलकराम घिमिरे, बाणगंगा नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिका निबर्तमान सभापति मगंल प्रसाद थारु, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव युवा नेता शक्ति सिहं ठकुरी, बाणगंगा नगरपालिका– ४ का पुर्व वडाध्यक्ष तथा गणेश बहादुर क्षेत्री र महाधिवेशन प्रतिनिधि मित्रदेव घिमिरे (गोपाल) लाई सिफारिस क्षेत्रीय सभापति दुर्गा केसीले जानकारी दिए । प्रदेशको समानुपतिक तर्फ भने प्रदेशले १७ जनाको नाम सिफारिस गरेको बताइएको छ ।

क्षेत्र नंं १ को संघीय सांसदका लागि १र२ दिनमै बैठक बसेर उम्मेद्वार सिफारिस गरिने क्षेत्रीय समितिले जनाएको छ ।


प्रकाशित : २०७९ भाद्र २०, सोमबार ०८:२६