
लुदअ, कपिलवस्तु
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २, प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) र २ (ख) को संयुक्त वैठकले मंसिर ४ मा हुने निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता, विदेश विभाग प्रमुख डा. निर्मल विश्वकर्मा, जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरि प्रदेश क्षेत्र २ को (क) मा गंगेस तिवारी, दिनेश बन्जाडे, नवराज लामिछाने, माबुद खाँ, माथुराम न्यौपाने, शिव गैरे, दिनेश कुमार चौबे, मिनराज बेल्बासे,रुपेश श्रेष्ठ, टिका उपाध्याय, टेकराज पौडेल, धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र २ को (ख) का लागि बाबुराम खनाल, धर्मवहादुर लालश्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको बताईएको छ।

