बुटवल ।
वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामुहिक राजनामा दिएको छ ।नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ वर्ष अगाडि स्थापना भएको पार्टीले स्थापनादेखि नै लुम्बिनी प्रदेश समिति गठन गरेको थियो ।
तत्कालिन अध्यक्ष मिश्रले केहि महिना अगाडि राजीनामा दिई हालै राप्रपा प्रवेश गरेसँगै पार्टीको विचार पनि समाप्त भएको भन्दै समितिले सामुहिक राजीनमा गरेको जनाएको छ । समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।
पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामुहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले ग्लोबल आवाजलाई बताए । राजीनामा दिएपछिको विकल्प बारे भने कुनै निर्णय नभएको उनले जनाए ।